• Address नगरपालिका -१, देवकोटा चोक मन्थली
  • Phone 048540304, 048540283

साहारा वचत तथा ऋण सहकारी संस्था लि. सामुदायिक विकास समाज (CDS) मा क्रियाशिल सामाजिक अभियान्ताहरु र लक्षित समुदाय मिलेर २०६२ साल माघ १३ गते विधीवत रुपमा स्थापना भएको हो । प्रारम्भमा २७ जना मिलेर मासिक रु.१०।—संकलन गरी शुरु गरिएको यस संस्था हाल सदस्य संख्या र संकलित पूँजिको हिसाबले जिल्लाकै तेस्रो ठुलो सहकारी संस्थाको रुपमा स्थापित हुन सफल भएकोे छ । हाल करिब ५ हजारको हाराहारीमा सदस्य रहेको यस संस्थाको कार्य क्षेत्रको रुपमा  प्रारम्भमा मन्थली नगरपालिका वडा नं. १, २, ४, ५ र ६ साथै रामेछाप नगरपालिकाको वडा नं. ७, ८ र ९   बाट शुरु गरेको सेवा हाल मन्थली र रामेछाप नगरपालिकाको सम्पूर्ण वडाहरुमा  बिस्तार गरिएको छ । गरीबमुखी सहकारी संस्थाको रुपमा पहिचान बनाउन सफल यस संस्थाले सदस्यहरुको चाहना र समय सन्दर्भ अनुसार वित्तिय र गैर वित्तिय सेवाहरु मार्फत सदस्यहरुलाई धेरै भन्दा धेरै सेवा दिने प्रयास गरिरहेको छ । हाल यस संस्था मार्फत १४ प्रकारका निक्षेप सेवा र १५ प्रकारका ऋण सेवाहरु उपलव्ध गराउँदै आएको छ । साथै संस्थाले साहारा राहात सेवा,  रेमिट सेवा, मोबाइल बैंकिङ सेवा, QR  भुक्तानी सेवा, बाल बचत सेवा लगायतका अन्य सेवाहरु पनि संचालनमा रहेको छ । संस्थाले प्रदान गर्दै आएको सेवाहरुबारेमा  संस्थाको वेभसाइटको हाम्रो सेवाहरुमा गएर थप जनकारी पाउन सक्नु हुनेछ ।  
संस्थालाई निरन्तर प्रगति पथमा अगाडी लैजानको निम्ति संस्थाद्धारा प्रदान गरिने सेवालाई सदस्यहरुको माग, आवश्यकता र चाहना बमोजिम थप “विविधिकरण”, “विकेन्द्रिकरण” र  “प्रविधीकरण” गरि थप प्रभावकारी, प्रतिस्पर्धी र सदस्यमैत्री बनाउँदै लैजाने प्रयत्न भइरहेको छ । यस संस्थाको मुख्य कार्यालय मन्थली नगरपालिका वडा नं. १ स्थित देवकोट चोकमा रहेको छ भने रामेछाप नपा वडा नं. ८ रामेछाप बजारमा सेवा केन्द्र रहेको छ ।