• Address नगरपालिका -१, देवकोटा चोक मन्थली
  • Phone 048540304, 048540283

ऋण मागका लागि योग्यता  
निम्न वमोजिम योग्यता पुगेका सदस्यले मात्र ऋण माग गर्न सक्नेछन् । 
• ऋण माग गर्ने व्यक्ति संस्थाको सदस्य भएको ३ महिना अवधी पुरा भएको हुनु पर्नेछ । 
• संस्थाले तोके वमोजिमको नियमित वचत नियमित रुपमा गरेको हुनु पर्नेछ । यदि कुनै कारणवश वचत गर्न छोडेको भए पुन वचत गर्न आरम्भ गरको मितिले १ वर्ष पुरा भएको हुनु पर्नेछ ।  
• ऋण माग गर्ने व्यक्तिले संस्थावाट यस अगाडी लिएको ऋण तिरी सकेको हुनु पर्नेछ ।  
• संस्थाको विनियम, अन्य नीति निणर्यहरुको पालना गरेको हुनु पर्नेछ ।  
• ऋण माग गर्ने सदस्यको वचत, ऋण माग गरेको रकमको १० प्रतिशत वरावर हुनु पर्ने छ ।  
• ऋण माग गर्ने सदस्यको कुल वचत रकमको १० प्रतिशत वरावर शेयर रकम हुनु पर्नेछ ।