• Address नगरपालिका -१, देवकोटा चोक मन्थली
  • Phone 048540304, 048540283

सदस्यको लागि योग्यता  :
यस संस्थाको सदस्य हुनको लागि निम्न योग्यता हुनु पर्नेछ । 
५.१ १८ वर्ष उमेर पुरा गरि ७० वर्ष ननाघेको नेपाली नागरिक हुनु पर्नेछ ।  
५.२ संस्थाको कम्तिमा १० कित्ता शेयर खरिद गरेको हुनु पर्नेछ ।  
५.३ फौजदारी अभियोगमा कसुरदार नठहरिएको ब्यक्तिहरु । 
५.४ सहकारीताको भावना भएको हुनु पर्नेछ । 
५.५ संस्थाको विनियममा तथा अन्य नीति नियमलाई स्वीकार गर्नु पर्नेछ । 
५.५ संस्थाको कार्यक्षेत्र भित्र कम्तिमा १ वर्षदेखि वसोवास गर्दै आएको हुनु पर्नेछ ।  
५.६ मानसिक सन्तुलन ठिक भएको हुनु पर्ने छ ।  
५.७ अन्य कुनै वित्तिय संस्थामा कालोसूचीमा नपरेको हुनु पर्ने छ ।  
५.८ नैतिक चरित्रवान हुनु पर्ने छ ।  
फौजादारी अभियोग, कालो सूचीमा नपरेको र नैतिक चरित्रवान रहेको सम्वन्धमा स्वःघोषण गर्नु पर्नेछ । स्वःघोषण पत्रको नमूना अनुसूची ४ मा दिइएको छ ।   
स्पष्टीकरणः स्थायी वसोवास भन्नाले रोजगार, अध्ययन, अध्यापन र व्यवसाय लगायत विभिन्न कामको सिलसिलामा कम्तिमा ६ महिनादेखि कार्य क्षेत्र भित्र वसोवास गर्दै आईरहेको भन्ने प्रमाणित कागजात, जग्गाधनी प्रमाण पूर्जा, मतदाता परिचय वा अन्य कागजात भएमा स्थायी वसोवास भएको मानिनेछ ।