• Address नगरपालिका -१, देवकोटा चोक मन्थली
  • Phone 048540304, 048540283

 

उद्धेश्यहरु 
• फजुल खर्च घटाई नियमित बचत गर्ने बानीको विकास गर्ने । 
• सदस्य माझ छरिएर रहेको ज्ञान, सीप पूँजी (बचत) लाई एकत्रित गरी सदस्यहरुलाई विभिन्न उद्योग धन्दा, व्यपार-व्यवसाय, आयआर्जनमुलक      गतिविधीहरु सञ्चालन गर्न उत्प्रेरित गर्ने र आवश्यक ऋण उपलव्ध गराउने ।  
• सदस्यहरुलाई भैपरी आउने घरायसी खर्च वा गर्जो टार्न उचित तथा सुलभ ऋण प्राप्त गर्न पूँजिको निर्माण गर्ने । 
• समुदायमा वसोवास गर्ने व्यक्तिहरु वीच सामूहिक भावनाको विकास गरीे सामाजिक सदभाव कायम गर्न टेवा पुर्‍याउने ।  
• अति विपन्न सदस्यहरुलाई विशेष हित हुने कल्याणकारी एव सामाजिक भलाइका कार्यहरु समेत संचालन गर्ने । 
• सदस्यहरु द्धारा उत्पादित बस्तुहरुको बजारिकरण गर्न सहयोग गर्ने ।