• Address नगरपालिका -१, देवकोटा चोक मन्थली
  • Phone 048540304, 048540283

सदस्यको काम, कर्तब्य र अधिकार  
• संस्थाको हित भलाई हुने कार्यहरु गर्ने । 
• संस्थामा नियमित रुपमा बचत गर्ने, वचत रकम तोकिएको समयमा वुझाउने । यदि ऋण लिएको भए संस्थाको विनियम वा अन्य नीतिनियम वमोजिम समयमा ऋणको किस्ता, साँवा र व्याज चुक्ता गर्ने । 
• संस्था र सदस्यहरुको हित र विकासका लागि आवश्यक सहभागिता देखाउने साथै आवश्यक सहयोग पुर्‍याउने ।  
• संस्थाको वार्षिक साधारण सभामा भाग लिने, सञ्चालक समितिलाई आवश्यक सल्लाह सुझाव प्रदान गर्ने ।   
• सञ्चालक समितिको छनौट वा निर्वाचनमा भाग लिने । निर्वाचित भई संस्थाको प्रबन्धकीय कार्यमा भाग लिने । 
• संस्थाको बिनियमको आधारमा ऋण प्राप्त गर्ने, संस्थामा गरेको आफ्नो वचतको अवस्था  र लिएको ऋण वारेमा थाहा पाउने र समग्र संस्थाको वारेमा जानकारी पाउने अधिकार हुनेछ ।
• सहकारी मूल्या मान्यतालाई अंगिकार गर्ने ।