• Address नगरपालिका -१, देवकोटा चोक मन्थली
  • Phone 048540304, 048540283
Sahara Saving

 

आदारणीय शेयर सदस्य ज्यूहरु, 


विसं २०६२ सालमा २७ जना मिलेर शुरु गरिएको हाम्रो संस्था आज ५००० भन्दा बढी सदस्य, २ करोड भन्दा बढी शेयर, २६ करोड भन्दा वढी वचत सहित पूँजिको हिसावले जिल्लाकै तेस्रो ठुलो संस्था वन्न सफल भएकोमा सम्पूर्ण शेयर सदस्यज्यूहरुलाई हार्दिक वधाई ज्ञापन गर्न चाहान्छु । १९ वर्ष लामो गौरवमय ईतिहास पार गर्दै यस अवस्थासम्म आउनमा संस्था प्रति निरन्तर विश्वास, माया र सहयोग गर्नु भएकोमा सम्पूर्ण शेयर सदस्यज्यूहरु, संचालक समिति, विभिन्न समिति तथा उपसमिति, कर्मचारी, शुभेच्छुक सवैमा हार्दिक धन्यावद समेत व्यक्त गर्दछु ।   

ईतिहास तर्फ फर्केर हेर्दा विगतमा १ माउ वाख्रा पाल्न होस् वा सानो चियाचमेना पसल संचालन गर्न, समान्य दुःख विमारी पर्दा वा छोराछोरी पढाउन या भव्यतव्य भैपरि आउँदा चाहिने १०—२० हजार समेत नहुँदा कि त चर्को व्याजमा साहु काढ्नु पर्ने कि त मन वाँधेर वस्नु पर्ने अवस्थावाट आज जे गर्न होस् वा जे पर्दा होस् पैसाको कारण गर्न सकिन भन्नु पर्ने अवस्थाको अन्त हुनु एउटा खुशिको कुरा हो । आज कुनै पनि सदस्यलाई आपतविपतमा आकाष्मिक कर्जा, दुःख विमारीहुदा औषधी उपचार कर्जा, छोराछोरी पढाउन शैक्षिक कर्जा, वैदेशिक रोजगारमा जान चहानेलाई वैदेशिक रोजगार कर्जा, कृषि कर्जा, घर जग्गा खरिद कर्जा, वन्द व्यापार गर्नेहरुका लागि व्यवसायिक कर्जा, सवारी साधन खरिद कर्जा, होटल पर्यटन कर्जा र कर्मचारीहरुलाई दृष्टिगत गरि अग्रीम तलवी कर्जा र धितो नभएका वा छोटो समयका लागि ऋण चाहिएमा समूह जमानी कर्जा जस्ता सवैखाले समस्या र आवश्यकता परिपूर्ति गर्ने गरि १७ प्रकारका कर्जा सेवा प्रदान गरिरहेको छ । संस्थाले अधिकतम रु.३० लाखसम्म ७ वर्ष अवधीसम्मका लागि ऋण माग गरेको ऋण मात्र ७ दिन भित्र पाउने व्यवस्था समेत गरिएको छ । यसर्थ सदस्यहरु न त कसै कहाँ हात थाप्न जानु पर्ने न त मन वाँधेर नै वस्नु पर्ने अवस्था छ । यस अर्थमा यस संस्था नाम जस्तै साच्चिकै साहारा वन्न सफल भएको महसुस भएको छ ।  

यद्यपी संस्थालाई निरन्तर प्रगति पथमा अगाडी लैजानको निम्ति संस्थाद्धारा प्रदान गरिने सेवालाई सदस्यहरुको माग, आवश्यकता र चाहना वमोजिम थप “विविधिकरण”, “विकेन्द्रिकरण” र  “प्रविधीकरण” गरि थप प्रभावकारी, प्रतिस्पर्धी र सदस्यमैत्री वनाउदै लैजानु पर्ने आवश्यकतालाई मनन गर्दै ठोस लक्ष्य सहित आगमी वर्षहरुमा पनि क्रियाशिल हुने छौ । वि.सं. २०८० सम्ममा १० हजार सदस्य,  ६ करोड शेयर, ५० करोड निक्षेप र ५५ करोड ऋण लगानी र ६० करोड कुल पूजी पुर्‍याइने लक्ष्य लिइएको छ ।  

सदस्यहरुलाई समयसापेक्षा प्रविधि मैत्री सेवाको रुपमा एसएमएस सेवा, मोवाइल बैंकिङ सेवा, QR भुक्तानी सेवा समेत उपलब्ध गरिएको छ । “जनता सहकारीमा हैन सहकारी जनतामा” भन्ने अभियानाका साथ कार्यक्षेत्रका जनताको घरघरमा पुगि सहकारी अवधारणालाई वुझाई सदस्यहरुलाई सकेसम्म घरदैलोमा सेवा प्रदान गर्न सेवाकेन्द्रहरु स्थापना गर्ने, गाउँघरमै वचत संकलन गर्ने, ऋण आवेदन लिने र सदस्यहरुको माग र चाहाना वमोजिम गाउँगाउँमा बचत समूहहरु गठन गरि सामुहिक जमानीमा २ वर्ष सम्मका लागि समूह मार्फत अधिकतम रु.५ लाख सम्म ऋण पाउने व्यस्था समेत मिलाउने प्रयत्न भैरहेको छ ।   

अर्को तरि “धेरै आम्दानी - धेरै वचत”, “धेरै वचत - धेरै पूँजि”, “धेरै पूँजि - धेरै लगानी”, “धेरै लगानी - धेरै मुनाफा” “धेरै मुनाफा - धेरै सेवा” भन्ने सिद्धान्त बमोजिम सदस्यहरुको आम्दानी बढाउन मुलतः सदस्यहरुसँग रहेको “समयलाई श्रममा” बदल्ने र “श्रमलाई रुपैयाँमा बदल्न सदस्यहरुलाई सीप ज्ञान, पूँजि, प्रविधी र वजारीकरणको लागि सदस्यहरुलाई विभिन्न सीपमुलक तालिमहरु मार्फत ज्ञान सीप प्रदान गर्ने र ज्ञान सीपको प्रयोग गरि विभिन्न वस्तुहरुको उत्पादन गर्ने र उत्पादित वस्तुको वजारीकरणका लागि सहयोग गरिनेछ । 

साथै “एकका लागि सवै र सवैका लागि एक” भने जस्तै थप एकता, साथ सहयोग र भाइचाराको विकास गर्ने तर्फ पनि पर्याप्त ध्यान दिइनेछ । हामीसँग भएको धन मात्र हैन हामीसँग भएको ज्ञान, सीप, वल तागत, सम्भावना समेत परिचालन गरि आफ्नो खुट्टामा उभियर सामाजिक, संस्कृतिक र आर्थिक रुपमान्तर मार्फत समृद्धि हासिल गर्ने पहलकदमीका लागि “६अ” अवधारणा वमोजिम “अग्रसरता विकास,” “आर्थिक अवस्थामा सुधार”, “अवसरहरुको सृजना,” “अधिकार र पहूँच अभिवृद्धि”, “अभियान/आन्दोलनहरु संचालन,” “औद्योगिककरण वा उद्यमशिलता विकास” जस्ता कार्यलाई पनि सगसगै अघि वढाइने छ ।   

वास्तवमा संस्थाको सफलताको मुख्य आधार सदस्यहरुको विश्वास हो । विश्वासको आधार पारादर्शिता र पारादर्शिताको आधार सूचना वा जानकारी हो । यसर्थ सदस्यहरुलाई संस्थाको वारेमा आवश्यक जानकारी हासिल गर्न सहज होस् भन्ने हेतुले यस वर्षदेखि वेवपेज समेत संचालनमा ल्याइएको व्यहोरा अवगत गराउन चाहान्छु । अतः संस्था र संस्था माफर्त भए गरेका कुराहरुको अद्यावधिक जानकारीको लागि वेवपेज हेर्ने पढ्ने गर्नु हुन पनि हार्दिक अनुरोध गर्दछु ।   

जय सहकारी !  
जय साहारा !!