अनिवार्य बचत : कुनै पनि व्यक्तिले सदस्य भए पश्चात अनिवार्य रुपमा प्रत्येक महिना मासिक रु.१००।— (एक सय) का दरले गरिने बचत नै अनिवार्य बचत हो । अनिवार्य बचत संस्थाका सम्पूर्सण सदस्यहरुले समान रुपमा मासिक रु.१००।— (एक सय) बचत गरिन्छ । यसर्थ यो बचत सदस्य त्याग गर्दाको बखत वा सदस्यको उमेर ७० वर्ष पुगे पछि मात्र फिर्ता हुनेछ ।
मासिक वचत : कुनै पनि सदस्यले नियमित रुपमा हरेक महिना गरिने वचतलाई मासिक बचत भनिनेछ । मासिक बचत हरेक महिना कम्तिमा रु.३००।— (तीन सय) बचत गर्ने गरि ईच्छा बमोजिम बचत गर्न सकिन्छ । यस किसिमको बचत न्युन्तम रु.५,००।— (पाँच सय) मौज्दात राखि वाँकी रकम जुनसुकै वेला फिर्ता झिक्न सकिन्छ ।
दैनिक बचतः कुनै पनि सदस्यले दैनिक रुपमा नियमित गरिने वचतलाई वुझाउने छ । दैनिक रुपमा आम्दानी हुने सदस्यहरुले दैनिक न्यून्तम रु.१००।— (एक सय) देखि माथि ईच्छा अनुसार वचत गर्न सकिन्छ । यस किसिमको वचत न्युन्तम रु.५००।— (पाँच सय) मौज्दात राखि वाँकी रकम जुनसुकै वेला फिर्ता झिक्न सकिन्छ ।
आवधिक बचतः कुनै पनि सदस्यले कम्तिमा ६ महिना देखि ३ वर्षसम्म समय खुलाई न्युनतम रुपमा रु.५०,०००।— (पचार हजार) देखि माथि ईम्छा अनुसार एकै पटक जम्मा गरिने बचतलाई वुझाउने छ । यस किसिमको बचत समयावधी पुरा भइ सके पश्चात सम्पूर्रण रकम एकमुष्ठ रुपमा फिर्ता झिक्न सकिन्छ । पुनः आवधिक वचतको रुपमा बचत गर्न चाहानेले उक्त रकम फेरी पनि जम्मा गर्न सकिन्छ ।
बाल बचतः सदस्यहरुद्धारा आफु संरक्षक रही १६ वर्ष भन्दा मुनिका वालवालिकाको नाममा नियमित रुपमा कम्तिमा रु.१००।— (एक सय) देखि अधिकतम रु.२५,०००।— (पच्चीस हजार) सम्म गरिने बचतलाई वुझाउने छ । यस वचतमा जम्म भएको रकम १६ वर्ष उमेर पुरा भए पश्चात मात्र फिर्ताता झिक्न सकिन्छ वा बचत सदस्यको स्वास्थ्य उपचार गर्नु पर्ने भएमा ५० प्रतिशत र मृत्यु भएको खण्डमा सबै रकम संरक्षक वा हकवालाले झिक्न सकिनेछ ।
खुत्रुके बचतः आफ्नो साथमा भएको रकम संस्थाले उपलव्ध गराइएको खुत्रेकमा जम्मा गरि महिनाको अन्तमा संस्थामा जम्मा गरिने वचतलाई वुझाइनेछ । खुत्रुके वचतमा जम्मा भएको रकम वर्षमा १ पटक ९० प्रतिशत सम्मा फिर्ता झिक्न सकिन्छ ।
एकल वचतः संस्थाको एकल महिला वा पुरुष सदस्यद्धारा शुरुमा रु.३,०००।— (तीन हजार) जम्मा गरि त्यस पछि जतिपनि वेला जतिपनि रकम जम्मा गर्न मिल्ने यो वचत संस्थाको एकल महिला वा पुरुष सदस्य लक्ष्यित गरि ल्याइएको हो । यस वचतमा जम्मा भएको रकम न्यून्तम रु.५००।— (पाँच सय) मौज्जाद राखि जुनसुकै वेला फिर्ता झिक्ने सकिन्छ ।
जेष्ठ नागरिक वचतः ६५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकले शुरुमा रु.३,०००।— (तीन हजार) जम्मा गरि त्यस पछि जतिपनि वेला जतिपनि रकम जम्मा गर्न मिल्ने यो वचत जेष्ठ नागरिकहरुलाई लक्ष्यित गरि ल्याइएको हो । यस वचतमा जम्मा भएको रकम न्यून्तम रु.५००।— (पाँच सय) मौज्जाद राखि जुनसुकै वेला फिर्ता झिक्ने सकिन्छ ।
कारोवार वचतः कारोवार वचत भन्नाले कुनै सामुदायिक संस्था/समूह/उपभोक्त समिति/संस्थाद्धारा जुनसुकै वेला जम्मा गर्न र झिक्न सकिने गरि गरिएको वचतलाई वुझाइने छ । यस वचतमा जम्मा भएको रकम न्यून्तम रु.३,०००।— (तीन हजार) मौज्जाद राखि जुनसुकै वेला फिर्ता झिक्ने सकिन्छ ।
जमानी वचतः ऋण लिन चाहाने सदस्यहरुले ऋण रकमको १० प्रतिशत रकम निक्षेप हुनु पर्ने प्रावधान वमोजिम निक्षेप कायम गर्न ऋण लिनु पूर्व गरिने वचतलाई जमानी वचत भनिनेछ । यस वचतमा जम्मा भएको रकम ऋण चुक्ता भए पश्चात सम्पूणर् रकम फिर्ता झिक्ने सकिन्छ ।
साहारा विशेष वचतः संस्थाको जुनसुकै सदस्यले सहभागी बन्न सक्ने न्यूनतम रु १०००/- देखि रु २००००/- रकम जम्मा गरी खोल्न सकिने खातामा १० वर्ष समयावधि नभई रकम फिर्ता लैजान नमिल्ने बचत खातालाई बुझाउनेछ ।
रेमिट वचतः यस सहकारी संस्थाबाट रेमिट सेवा लिने सदस्यहरु वा अन्य व्यक्तिलाई लक्षित गरिएको यस बचत खातामा कम्तीमा रु २५ हजार रुपैयाँबाट शुरुवात गरी रेमिट आएको बखत जम्मा गर्ने बचत खातालाई बुझाउनेछ । सम्झौता अनुसार यस खातामा रहेको सम्पूर्ण रकम फिर्ता लैजान सकिन्छ ।
चाडपर्व बचतः संस्थाको सदस्यहरुको चाडपर्वमा हुने अधिक खर्च र सो खर्च व्यवस्थापनका लागि ऋण समेत लिनु पर्ने अवस्थालाई न्यूनीकरण गर्नका लागि मासिक रुपमा रु २ हजार देखि १० हजार सम्म बचत गर्ने गरी खोलिएको खातालाई बुझाउनेछ । आवश्यकता अनुसार यस खातामा रहेको सम्पूर्ण रकम फिर्ता लैजान सकिन्छ ।
वीमा वचतः सदस्यहरुले आफ्नो र एकाघर परिवार सदस्यको सुरक्षाको लागि वीमा गर्ने प्रचलन वृध्दि भएको र एक भन्दा बढी व्यक्तिको वीमाको वार्षिक प्रिमियम भुक्तानी गर्नु पर्दा पैसाको जोहो नहुने र वीमा निरन्तर नहुने समस्यालाई मध्यनजर गर्दै रु २ हजार देखि २५ हजार मासिक रुपमा बचत गर्न सकिने खातालाई बुझाउनेछ । आवश्यकता अनुसार यस खातामा रहेको सम्पूर्ण रकम फिर्ता लैजान सकिन्छ ।
भ्रमण वचतः सदस्यहरुले मासिक वा त्रैमासिक रुपमा रु.१,०००।- देखि १००००/ सम्म जम्मा गर्न सकिने तथा आवश्यकता अनुसार यस खातामा रहेको सम्पूर्ण रकम फिर्ता लैजान सकिन्छ ।