निक्षेपको प्रकार बमोजिम बचत दर, बचत बुझाउनु पर्ने समय, फिर्ता पाउने रकमको सीमा र समय निम्न अनुसार रहेको छ ।
क्र.सं. | वचतको प्रकार | वचत गर्न पर्ने न्यून्तम रकम | वचत वुझाउने/गर्ने समय | फिर्ता लिने पाउने रकम र समय |
१ | अनिवार्य बचत | रु. १००।- मात्रा | हरेक महिना १० गते भित्र | हरेक १० वर्षमा ५० प्रतिशत रकम |
२ | मासिक बचत | रु. ३००।-देखि माथि | हरेक महिना १० गते भित्र | रु.१०००।- न्यून्तम मौज्दात राखि अन्य रकम चाहेको बखत |
३ | दैनिक बचत | रु. १००।- देखि माथि | दैनिक रुपमा | रु.१०००।- न्यून्तम मौज्दात राखि अन्य रकम चाहेको वखत |
४ | आवद्यिक बचत (६ महिनादेखि ३ वर्ष) | न्यून्तम रु. १०,०००।- भन्दा माथि | जहिले पनि | सम्झौता अवधि सके पछि सम्पूर्ण रकम |
५ | बाल बचत | एक पटकमा रु.१००।-देखि २०,०००।—सम्म | जहिले पनि | हरेक ३ वर्षमा ५० प्रतिशत |
६ | खुत्रुके बचत | कम्तिमा महिनाको रु.१००।- | खुत्रेकमा जम्मा गर्ने र संस्थाले मासिक रुपमा संकलन गर्ने | १ वर्ष पछि कुल बचत रकको ९० प्रतिशत सम्म |
७ | एकल बचत | खाता खोलेको बखत रु.३,०००।- त्यस पश्चात इच्छानुसार | जहिले पनि | रु.५००।- न्यून्तम मौज्जदात राखि अन्य रकम चाहेको वखत |
८ | जेष्ठ नागरिक बचत | खाता खोलेको बखत रु.३,०००।- त्यस पश्चात इच्छानुसार | मासिक रुपमा | रु.५००।- न्यून्तम मौज्जदात राखि अन्य रकम चाहेको वखत |
९ | कारोबार बचत | रु.५,०००।- देखि माथि | जहिले पनि गर्न सकिने | रु. ३ हजार मौज्जाद राखि वाँकी रकम |
१० | जमानी बचत | कुल ऋण रकमको १० प्रतिशत | ऋण लगेको वखत | ऋण चुक्त भए पश्चात सम्पूर्ण रकम |
११ | साहारा विशेष बचत | रु.१०००।- देखि रुा २००००/- सम्म | मासिक रुपमा | समयसीमा (१०, देखि २० वर्ष) समाप्त भए पश्चात (सम्पूर्ण रकम) |
१२ | रेमिट बचत | रु २५०००/- देखि माथि | रेमिट आएको समयमा | १ -२ वर्ष पश्चात (सम्पूर्ण रकम) |
१३ | चाडपर्व बचत | रु.१०००।- देखि १००००- सम्म | हरेक महिना १० गते भित्र | तोकिएको चाडपर्वमा (सम्पूर्ण रकम) |
१४ | वीमा बचत | मासिक रु.१,०००।- देखि २५०००/ सम्म | मासिक रुपमा | हरेक १ वर्षमा सम्पूर्ण रकम |
१५ | भ्रमण बचत | मासिक रु.१,०००।- देखि १००००/ सम्म | मासिक/त्रैमासिक रुपमा | ऐच्छिक रुपमा |
वचत फिर्ता वन्देज
निम्न अवस्थामा बचत फिर्ताका लागि बन्देज लगाउन सक्नेछन् ।
• ऋण लिई नियमित किस्ता वा व्याज बुझाउन बाँकी रहेको अवस्था ।
• सरकार वा सम्वन्धित निकायहरुद्धारा वचत रोक्काको लागि लेखि पठाइएको अवस्था ।
• कुनै पनि ऋणीको वचत धितो जमानी वसेको अवस्था ।
• अकल्पनिय विपत वा संकटको अवस्था ।
बचत खाता बन्द तथा परिवर्तन
• कुनै पनि सदस्यले नियमित/अनिवार्य वचत वाहेक अन्य वचत पनि गरेको अवस्थामा नियमित/अनिवार्य वचत वहेकको अन्य वचत वन्द गर्न चाहेमा वचत वन्द गर्न सकिनेछ ।
• वचत वन्द गर्दा वचत वन्द सम्वन्धी निवेदन फारम भरि आवेदन दिनु पर्ने छ । वचत खाता वन्द गर्दा कुनै शुल्क लाग्ने छैन ।
• कुनै पनि सदस्यले आफ्नो कुनै पनि खातामा रहेको रकम अन्य आफ्नै नाममा रहेको खातामा वा अन्य व्यक्तिको खातामा सार्न सकिनेछ । जसको लागि खाता परिवर्त वा रकम सार्न अनुमित फारम भरि आवेदन दिनु पर्नेछ ।
• स्यता त्याग गरेमा नीजको नाममा रहेको सम्पूणर् खाता वन्द हुनेछ । यसरी सदस्यता त्याग गरि खाता वन्द हुन आएमा तोकिएको सेवा शुल्क लिई वचत खाता वन्द गर्न सकिनेछ
• सदस्यता त्याग गरि वचत खाता वन्दा गर्दा नियम वमोजिम आवश्यक शुल्क र कट्टा गर्नु पर्ने रकम कट्टा गरि वाँकी रकम फिर्ता दिनु पर्ने छ । ।
• तर माथि जे सुकै कुरा लेखिएको भएतापनि कुनै पनि सदस्यले संस्थाबाट प्राप्त वा भूक्तान गर्नु पर्ने कुनै रकम भएमा सो फरफराक नभएसम्म वा निजले लिएको ऋण, तिर्नु पर्ने कुनै दायित्व वा अन्य कुनै सदस्यको तर्फवाट धितो वा जमानी वसेकोमा सो को दायित्व फरफराक नभएसम्म नीजको वचत खाता वन्द हुने छैन ।