• Address नगरपालिका -१, देवकोटा चोक मन्थली
  • Phone 048540304, 048540283

ऋणको प्रकार, सीमा, अवधी र किस्ता  

(क) व्यवसायिक ऋण  
व्यवसायिक ऋण भन्नाले कुनै पनि सदस्यहरुलाई कुनै पनि व्यवसाय (कानुन सम्मत र समाजद्धारा स्वीकार्य) जस्तैः होलसेल पसल, होटल, लज, ठुलो उद्यमहरु, किराना पसल, चियाचमेना, साना उद्योग, खेलोफटको लगायत संचालनका लागि प्रदान गरिने ऋणलाई वुझाइनेछ । यस ऋणको सीमा, अवधी, किस्ता, व्याजदर र आवश्यक कागजातहरु निम्न रहेको छ ।

ऋणको सिमाअधिकतम रु.२५,००,०००।- (पच्चीस लाख)  
ऋणको अवधी७ वर्ष सम्म
किस्ताको प्रकार ८४ किस्ता (मासिक रुपमा) 
वार्षिक व्याज दर १४ प्रतिशत
आवश्यक कागजातहरु निवेदनको साथमा पासपोर्ट साइजको फोटो, धितो जग्गाको जग्गा धनी पूर्जा, जग्गाको व्लुप्रिन्ट, तिरो तिरेको रसिद, व्यवसाय दर्ता, स्थायी लेखा नम्वर, नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।

 

(ख) कृषि ऋण 
कुनै पनि सदस्यलाई कृषिमा आधारित उद्यमहरु जस्तैः पशुपंक्षीपालन, नगदेवाली, फलफूल, नर्सरी खेती, माछापालन, मौरीपालन जस्ता उद्यम/व्यवसाय संचालन गर्नका लागि प्रदान गरिने ऋणलाई वुझाइने छ । यस ऋणको सीमा, अवधी, किस्ता र आवश्यक कागजातहरु निम्न रहेको छ ।

ऋणको सिमाअधिकतम रु.१५,००,०००।— (पन्ध्र लाख) 
ऋणको अवधी७ वर्ष सम्म
किस्ताको प्रकार ७ देखि २८ किस्तासम्म (व्यवसायको आधारमा त्रैमासिक, अर्धवार्षिक र वार्षिक रुपमा) 
वार्षिक व्याज दर १३ प्रतिशत
आवश्यक कागजातहरु निवेदनको साथमा पासपोर्ट साइजको फोटो, धितो जग्गाको जग्गा धनी पूर्जा, जग्गाको व्लुप्रिन्ट, तिरो तिरेको रसिद, व्यवसाय दर्ता प्रमाण पत्र, नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।

 

(ग) वैदेशिक रोजगार ऋण  
सदस्यका एकाघर परिवारका सदस्यहरु वैदेशिक रोजगारीमा जानका लागि दिइने ऋणलाई वुझाउने छ । वैदेशिक रोजगार ऋणको रुपमा अधिकतम रु.७,००,०००।— (सात लाख) सम्म धितो राखि ३ वर्षसम्मको लागि किस्ता वन्दी रुपमा प्रदान गर्न सकिने छ ।  यस कर्जाको सीमा, अवधी, किस्ताको प्रकार र आवश्यक कागजातहरु निम्न रहेको छ ।

ऋणको सिमाअधिकतम रु.७,००,०००।— (सात लाख) 
ऋणको अवधी४ वर्ष 
किस्ताको प्रकार २४ किस्ता (द्धैमासिक रुपमा) 
वार्षिक व्याज दर १५ प्रतिशत
आवश्यक कागजातहरु निवेदनको साथमा पासपोर्ट साइजको फोटो, धितो जग्गाको जग्गा धनी पूर्जा, जग्गाको व्लुप्रिन्ट, तिरो तिरेको रसिद, पासपोर्ट तथा भिसा, नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।

 

(घ) शैक्षिक ऋण  
कुनै पनि सदस्य वा नीजको छोराछोरीलाई उच्च शिक्षा अध्ययनका लागि दिइने ऋणलाई शैक्षिक ऋण भनिनेछ । यस ऋणको सीमा, अवधी, किस्ता र आवश्यक कागजातहरु निम्न रहेको छ ।

ऋणको सिमाअधिकतम रु.१०,००,०००।— (दश लाख) 
ऋणको अवधी५ वर्ष 
किस्ताको प्रकार  ६० किस्ता (मासिक रुपमा) 
वार्षिक व्याज दर १२ प्रतिशत
आवश्यक कागजातहरु निवेदनको साथमा पासपोर्ट साइजको फोटो, धितो जग्गाको जग्गा धनी पूर्जा, जग्गाको व्लुप्रिन्ट, तिरो तिरेको रसिद, विद्यालय वा क्याम्पस भर्ना रसिद, शुल्क तालिका, शैक्षिक प्रमाण पत्रको प्रतिलिपी, नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।

 

(ङ) घर व्यवहार ऋण  
कुनै पनि सदस्यलाई घर व्यवहार संचालनका लागि दिइने ऋणलाई घर व्यवहार ऋण भनिनेछ । यस ऋणको सीमा, अवधी, किस्ताको प्रकार र आवश्यक कागजातहरु निम्न रहेको छ ।

ऋणको सिमाअधिकतम रु.३,००,०००।— (तीन लाख) 
ऋणको अवधी३ वर्ष 
किस्ताको प्रकार ३६ किस्ता (मासिक रुपमा) 
वार्षिक व्याज दर १५ प्रतिशत
आवश्यक कागजातहरु निवेदनको साथमा पासपोर्ट साइजको फोटो, धितो जग्गाको जग्गा धनी पूर्जा, जग्गाको व्लुप्रिन्ट, तिरो तिरको रसिद, नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।

 

(च) घर/जग्गा खरिद तथा निर्माण ऋण  
कुनै पनि सदस्यलाई घर-जग्गा खरिद वा घर निर्माणका लागि दिइने ऋणलाई घर-जग्गा खरिद तथा घर निर्माण ऋण भनिनेछ । यस ऋण अन्तरगत व्यपारिक प्रयोजन (विक्री गर्ने, भाडामा लगाउने) ले घर निर्माणका लागि लिइएको ऋणलाई उत्पादनशिल ऋण मानिनेछ । अन्यथा वसोवासका लागि निर्माण गरिने घर र जग्गा खरिदलाई अनुुत्पादक ऋण मानिनेछ । यस ऋणको सीमा, अवधी, किस्ता र आवश्यक कागजातहरु निम्न रहेको छ ।

ऋणको सिमाअधिकतम रु.२५,००,०००।— (पच्चीस लाख) 
ऋणको अवधी७ वर्ष 
किस्ताको प्रकार ८४ किस्ता (मासिक रुपमा) तर उत्पादनशिल ऋणको हकमा १ वर्षसम्म व्याज किस्ता मात्र वुझाउनु पर्नेछ र १ वर्ष पश्चात व्याज साँवा हिसाव गरि किस्ता निर्धारण गरिने । 
वार्षिक व्याज दर १५ प्रतिशत
आवश्यक कागजातहरु निवेदनको साथमा पासपोर्ट साइजकाृ फोटो, धितो जग्गाको जग्गा धनी पूर्जा, जग्गाको व्लुप्रिन्ट, तिरो तिरको रसिद, घरको नक्शा, नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।

 

(छ) आकाष्मिक ऋण  
कुनै पनि सदस्य वा सदस्यका परिवारमा आइ परेका विपत, दुःख विरामी वा दूर्घटनाको समयमा नीजको उपचार, उद्धार वा आवासका लागि दिइने कर्जालाई आकाष्मिक ऋण भनिनेछ । यस ऋणको सीमा, अवधी, किस्ता र आवश्यक कागजातहरु निम्न रहेको छ ।

ऋणको सिमाअधिकतम रु.१,००,०००।— (एक लाख) सम्म
ऋणको अवधी६ महिना
किस्ताको प्रकार २ किस्ता (त्रैमासिक)
वार्षिक व्याज दर ११ प्रतिशत 
आवश्यक कागजातहरु निवेदनको साथमा पासपोर्ट साइजको फोटो, नागरिकताको प्रमाण पत्रको फोटोकपी, स्वास्थ्य उपचार भए स्वास्थ्य संस्थाको सिफारिस, प्रहरी प्रतिवेदन वा वडाको सिफारिस ।

 

(ज) स्वास्थ्य उपचार ऋण  
कुनै पनि सदस्य वा सदस्यका एका घर परिवारका सदस्य विरामी परेमा उपचारका लागि दिइने कर्जालाई स्वास्थ्य उपचार ऋण भनिनेछ ।  यस ऋणको सीमा, अवधी, किस्ता र आवश्यक कागजातहरु निम्न रहेको छ ।

ऋणको सिमाअधिकतम रु.३,००,०००।— (तीन लाख) 
ऋणको अवधी३ वर्ष 
किस्ताको प्रकार ३६ किस्ता (मासिक) 
वार्षिक व्याज दर १२ प्रतिशत 
आवश्यक कागजातहरु ऋण निवेदनको साथमा पासपोर्ट साइजको फोटो, धितो जग्गाको जग्गा धनी पूर्जा, जग्गाको व्लुप्रिन्ट, तिरो तिरेको रसिद, नागरिकताको प्रमाण पत्र, डक्टरको प्रेसक्रिप्सन र अस्पतालको कागजातहरु ।

 

(झ) लघु ऋण  
कुनै पनि सदस्यले व्यवसाय संचालन गर्नका लागि नीजले ३ महिनासम्ममा दैनिक किस्ता वुझाई चुक्त गर्ने गरि लिइएको ऋणलाई वुझाइने छ । यस ऋणको सीमा, अवधी, किस्ता र आवश्यक कागजातहरु निम्न रहेको छ ।

ऋणको सिमाअधिकतम रु.१,५०,०००।— (एक लाख पचास हजार) 
ऋणको अवधी३—५ महिना 
किस्ताको प्रकार दैनिक (९० देखि १५० दिनसम्म) 
वार्षिक व्याज दर १६ प्रतिशत 
आवश्यक कागजातहरु निवेदनको साथमा पासपोर्ट साइजको फोटो, नागरिकताको प्रमाण पत्र, व्यवसाय दर्ता प्रमाण, कर तिरेको रसिदको प्रतिलिपी ।

 

(ञ) सवारी साधन खरिद ऋण   
कुनै पनि सदस्यले सवारी साधन खरिदको लागि गरिएको लिइने ऋणलाई सवारी साधन खरिद ऋण भनिनेछ । यस ऋणको सीमा, अवधी, किस्ता र आवश्यक कागजातहरु निम्न रहेको छ ।

ऋणको सिमासवारी साधनको परल मुल्यको अधिकतम ६० प्रतिशतसम्म । 
ऋणको अवधी३ वर्ष
किस्ताको प्रकार  ३६ किस्ता 
वार्षिक व्याज दर १६ प्रतिशत 
आवश्यक कागजातहरु निवेदनको साथमा पासपोर्ट साइजको फोटो, खरिद गर्न लागिएको सवारी साधनको कोटेशन, वीमा र तेस्रो पक्षको वीमा गरेको कागजात, नागरिकता र चालक अुनमति पत्रको प्रतिलिपी ।

 

(ट) अग्रीम तलव ऋण   
कुनै पनि सदस्यले संस्थामा खाता खोली नियमित तलव जम्मा गर्ने गरेको अवस्थामा नीजलाई आवश्यक परेका वेलामा नीजको तलवको ५ गुणसम्म रकम ऋणको रुपमा उपलव्ध गराउने ऋणलाई अग्रीम तलव ऋण भनिनेछ । यस ऋणको सीमा, अवधी, किस्ता र आवश्यक कागजातहरु निम्न रहेको छ ।

ऋणको सिमामासिक तलवको ५ गुणसम्म । 
ऋणको अवधी१ वर्ष (१२ महिना) 
किस्ताको प्रकार मासिक (१२ किस्ता) 
वार्षिक व्याज दर १४ प्रतिशत 
आवश्यक कागजातहरु निवेदनको साथमा पासपोर्ट साइजको फोटो, तलव विवरण र सम्वन्धित कार्यालयले तलव प्रमाणीत गरेका कागजात, नियूक्ती पत्र, सम्झौता  पत्र र कार्यालय जमानी वस्न मन्जुरी कागजात ।

 

(ठ) स्वऐच्छिक ऋण   
कुनै पनि सदस्यले ऋण स्वीकृत गराई स्वीकृत ऋण आफूलाई चाहेको वेलामा मात्र चलाउने (प्रयोग गर्ने) गरि लिइएको ऋणलाई स्वऐच्छिक ऋण भनिनेछ । स्वऐच्छिक ऋण लिएको ऋणीले स्वीकृत ऋणको आधारमा नभइ ऋण चलाएको आधारमा मात्र मासिक व्याज तिर्नु पर्नेछ । कुनै पनि ऋणीले मासिक व्याज नवुझाएको १ वर्ष भन्दा वढी भएमा नीजवाट सम्पूणर् ऋण असुल उपर गर्ने प्रक्रिया अघि वढाइनेछ । यसरी ऋण लिने व्यक्तिले स्वीकृत ऋणको ०।५ प्रतिशत हरेक वर्ष र ऋणको अवधी पुरा भए पछि थप १ प्रतिशत तिरी ऋण नविकरण गर्न सकिनेछ । यस ऋणको सीमा, अवधी, किस्ता र आवश्यक कागजातहरु निम्न रहेको छ ।

ऋणको सिमाअधिकतम रु.२५,००,०००।- (पच्चीस लाख)  
ऋणको अवधी५ वर्र्ष (५ वर्ष पछि नविकरण शुल्क तिरि समायावधी नविकरण गर्न सकिने) 
किस्ताको प्रकार  एकमुष्ठ 
वार्षिक व्याज दर १४ प्रतिशत 
आवश्यक कागजातहरु निवेदनको साथमा पासपोर्ट साइजको फोटो, धितो जग्गाको जग्गा धनी पूर्जा, जग्गाको व्लुप्रिन्ट, तिरो तिरेको रसिद, व्यवसाय वा नोकरी सम्वन्धी कागजात, नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।

 

(ड) नीजि सवारी साधन खरिद ऋण   
नीजि सवारी साधन खरिद ऋण भन्नाले कुनै पनि सदस्यहरुलाई नीजि सवारी साधन, कार,जीप, भ्यान, सुमो आदि खरिदका लागि प्रदान गरिने ऋणलाई वुझाइनेछ । यस ऋणको सीमा, अवधी, किस्ता, व्याजदर र आवश्यक कागजातहरु निम्न रहेको छ ।

ऋणको सिमाअधिकतम रु.२५,००,०००।- (पच्चीस लाख)  
ऋणको अवधी५ वर्ष सम्म
किस्ताको प्रकार ६० किस्ता (मासिक रुपमा)
वार्षिक व्याज दर ११.५ प्रतिशत
आवश्यक कागजातहरु निवेदनको साथमा पासपोर्ट साइजको फोटो, खरिद गर्न लागिएको सवारी साधनको कोटेशन, वीमा र तेस्रो पक्षको वीमा गरेको कागजात, नागरिकता र चालक अुनमति पत्रको प्रतिलिपी ।

 

(ढ) विशेष ऋण   
विशेष ऋण भन्नाले संस्थामा निर्धारित सीमा भन्दा वढी तरलता रहेको अवस्थामा संचालक समितिले निणर्य गरि ऋण परिचालन हुन सक्ने सम्भाव्य क्षेत्रको पहिचान गरि वढीमा १ महिना भित्र लगानी गर्ने गरी कुनै पनि क्षेत्रमा लगानी गरिएको ऋणलाई विशेष ऋण भनिनेछ । यस ऋणको सीमा, अवधी, किस्ता, व्याजदर र आवश्यक कागजातहरु निम्न रहेको छ ।

ऋणको सिमाव्यक्तिगत अधिकतम रु.१०,००,०००।- (दश लाख) 
ऋणको अवधी२ वर्ष सम्म
किस्ताको प्रकार २४ किस्ता (मासिक रुपमा) 
वार्षिक व्याज दर ११.५ प्रतिशत
आवश्यक कागजातहरु निवेदनको साथमा पासपोर्ट साइजको फोटो, धितो जग्गाको जग्गा धनी पूर्जा, जग्गाको व्लुप्रिन्ट, तिरो तिरेको रसिद, व्यवसाय दर्ता प्रमाण पत्र, नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।

 

(ण) सेकेण्ड ह्याण्ड हायर पर्चेज ऋण    
सकेण्ड ह्याण्ड हायर पर्चेज ऋण भन्नाले कुनै पनि सदस्यहरुलाई दुई पांग्रे वा चार पंग्रे कुनै पनि (नीजि वा सार्वजनिक) सवारी साधन खरिदका लागि प्रदान गरिने ऋणलाई वुझाइनेछ । यस ऋणको सीमा, अवधी, किस्ता, व्याजदर र आवश्यक कागजातहरु निम्न रहेको छ ।

ऋणको सिमासवारी साधनको पराल मूल्यको ५० देखि ६० प्रतिशतसम्म 
ऋणको अवधी३ वर्ष सम्म
किस्ताको प्रकार  ३६ किस्ता (मासिक रुपमा) 
वार्षिक व्याज दर १४ प्रतिशत
आवश्यक कागजातहरु निवेदनको साथमा पासपोर्ट साइजको फोटो, खरिद गर्न लागिएको सवारी साधन धनीसँग गरिएको कागज, वीमा र तेस्रो पक्षको वीमा गरेको कागजात, नागरिकता र चालक अुनमति पत्रको प्रतिलिपी ।

 

(त) विद्युतिय सामाग्री खरिद ऋण    
विद्युतिय सामाग्री खरिद ऋण भन्नाले कुनै पनि सदस्यहरुलाई आवश्यक पर्ने न्यून्तम रु.२००००।— (वीस हजार) भन्दा वढि मुल्य पर्ने विद्युतिय सामाग्री जस्तैः कम्प्युटर, क्यामेरा, फोटोकपी मेशिन, वासिङ मेशिन, मोवाइल, फ्रिज आदि खरिदका लागि  प्रदान गरिने ऋणलाई वुझाइनेछ । यस ऋणको सीमा, अवधी, किस्ता, व्याजदर र आवश्यक कागजातहरु निम्न रहेको छ ।

ऋणको सिमासामाग्रीको मुल्यकोे ६० प्रतिशतसम्म  
ऋणको अवधी१२ महिनासम्म
किस्ताको प्रकार १२ किस्ता (मासिक रुपमा) 
वार्षिक व्याज दर १४ प्रतिशत
आवश्यक कागजातहरु निवेदनको साथमा पासपोर्ट साइजको फोटो, खरिद गर्न लागिएको सामाग्रीकोे कोटेशन, वीमा गरेको कागजात, नागरिकता पत्रको प्रतिलिपी लगायत ।

विद्युतिय सामाग्री खरिदका लागि प्रदान गरिने ऋण संस्थाले तोकिएको निश्चित व्राण्डका लागि मात्र उपलव्ध हुनेछ । विद्युतिय सामाग्रीको व्राण्ड भने संस्थाको संचालक समितिले तोक्नेछ ।

 

क्र.सं.ऋणको प्रकारऋणको सीमा रु. अवधि किस्ताव्याज तथा किस्ता बुझाउने समय
व्यवसायिक ऋणरु.३० लाखसम्म१० वर्ष१२० किस्तामासिक
कृषि ऋणरु. १५ लाखसम्म१-७  वर्षप्रकृति अनुसारत्रैमासिक
बैदेशिक रोजगार ऋणरु. ७ लाखसम्म ४ वर्ष२४ किस्ताद्धैमासिक
शैक्षिक ऋणरु.१० लाखसम्म५ वर्ष६० किस्तामासिक
घर व्यवहार ऋणरु.३ लाखसम्म३ वर्ष ३६ किस्तामासिक
घरजग्गाखरिद,निर्माण ऋण रु.३० लाखसम्म१० वर्ष १२० किस्तामासिक
आकाष्मिक ऋणरु.१ लाखसम्म६ महिना१ किस्ताएकमुष्ठ
स्वास्थ्य उपचार ऋणरु.३ लाखसम्म३ वर्ष३६ किस्तामासिक
व्यक्तिगत लघु ऋण  दैनिक वचतको ३०० गुणा वा ३ लाखसम्म१-६ महिनादैनिक किस्तादैनिक
१०सामुहिक लघु ऋण प्रति सदस्य औषत रु.६० हजार१ वर्ष१२ किस्तामासिक
११सवारी साधन खरिद ऋण७० प्रतिशतसम्म३ वर्ष३६ किस्तामासिक
१२अग्रीम तलब ऋणतलवको ५ गुणसम्म१ वर्ष १२ किस्तामासिक
१३ऐच्छिक ऋणरु.१५ लाखसम्म५ वर्षछैनएकमुष्ठ
१४नीजि सवारी साधन खरिद  ऋण  (चार पाङ्ग्रे)७० प्रतिशतसम्म५ वर्ष६० किस्तामासिक
१५विशेष ऋण रु.१० लाखसम्म२ वर्ष २४ किस्तामासिक