• Address नगरपालिका -१, देवकोटा चोक मन्थली
  • Phone 048540304, 048540283

सदस्यता खारेजी :  
• कुनै पनि सदस्यको सदस्यतावाट निम्न अवस्थामा खारेजी गर्न सकिनेछ ।  
• संस्थाको लक्ष्य, उद्धेश्य प्राप्ति र प्रगतिमा वाँधा पुग्ने वा संस्थालाई हानि नोक्सानी हुने कुनै किसिमको कार्य गरेमा । 
• संस्थाको चल अचल सम्पत्ति हिनामिना गरेमा वा आर्थिक अनियमितता गरेमा । 
• संस्थाको विनियम, निति र निणर्य विपरित कार्य गरेमा ।  
• महिना भन्दा वढी समयसम्म मासिक/अनिवार्य वचत नवुझाएमा । कुनै पनि सदस्यले मासिक/अनिवार्य वचत नवुझाएको ३ महिना भइसकेको अवस्थामा नीजलाई सम्पर्क गरि वचत वुझाउन अनुरोध गर्नु पर्नेछ । पुनः पाँचौ महिनामा पत्रचार गर्ने, छैठौ महिनामा सार्वजनिक सूचना प्रकाशन गर्ने र तत्पश्चात पनि वचत नगरेमा सदस्यता खारेजी सम्वन्धी जनाउ पत्र पठाउनु पर्नेछ । उल्लेखित प्रक्रिया पुरा गरि सके पश्चात पनि वचत नगरेमा संचालक समितिको निणर्यले सदस्यता खारेज गर्न सक्नेछ ।  
• संस्थावाट लिइएको ऋण नवुझाइ कालो सूचीमा परेमा ।  
• संस्थाको ऋण नतिरी लिलामीमा परेमा ।  
• यस संस्था वाहेक अन्य वचत तथा ऋण सहकारी संस्थामा सदस्य भएको पाइएमा ।