• Address नगरपालिका -१, देवकोटा चोक मन्थली
  • Phone 048540304, 048540283

 

परिचय  

कुनै पनि सदस्यको मृत्यू भएमा शोक सन्तप्त परिवारजनलाई मृतकको धर्म संस्कार वमोजिम अन्त्येष्टि कार्य गर्नका लागि आवश्यक रकमका लागि ऋण गर्न नपरोस भन्ने उद्धेश्यले सदस्यले वार्षिक रु.२००।— दुई सय वुझाए वापत सदस्यको मृत्यू भएमा नीजको परिवारजनले प्राप्त गर्ने रु.२५,०००।— पच्चीस हजार वरावरको राहात सहयोग रकमलाई नै सदस्यता राहात सेवा भनिनेछ ।   

सदस्यता राहात सेवाका लागि आवश्यक कागजातहरु  

निवेदनको साथमा निम्न वमोजिम कागजात पेश गरि सदस्यता राहात सेवा दावी गर्न सक्नेछन् । 
• निवेदन   
• मृत्यू दर्ता प्रमाण पत्रको प्रतिलिपी  
• नागरिकताको प्रमाण पत्रको प्रतिलिपी 
• शेयर प्रमाण पत्र  
• पास वुक भएमा पास वुक 
• वडाद्धारा जारि गरिएको नाता प्रमाणित कागजात  

सदस्यता राहात सेवा प्राप्त गर्नका लागि लाग्ने रकम  
• हरेक वर्ष रु.२००।— दुई सय वुझाएर सदस्यता राहात सेवामा सहभागि हुन सकिनेछ ।