• Address नगरपालिका -१, देवकोटा चोक मन्थली
  • Phone 048540304, 048540283
Notices:

परिचय

 साहारा वचत तथा ऋण सहकारी संस्था लि. सामुदायिक विकास समाज (CDS) मा क्रियाशिल सामाजिक अभियान्ताहरु र लक्षित समुदाय मिलेर २०६२ साल माघ १३ गते विधीवत रुपमा स्थापना भएको हो । प्रारम्भमा २७ जना मिलेर मासिक रु.१०।—संकलन गरी शुरु गरिएको यस संस्था हाल सदस्य संख्या र संकलित पूँजिको हिसाबले जिल्लाकै तेस्रो ठुलो सहकारी संस्थाको रुपमा स्थापित हुन सफल भएकोे छ । हाल करिब ५ हजारको हाराहारीमा सदस्य रहेको यस संस्थाको कार्य क्षेत्रको रुपमा  प्रारम्भमा मन्थली नगरपालिका वडा नं. १, २, ५ र ६ साथै रामेछाप नगरपालिकाको वडा नं. ७, ८ र ९   बाट शुरु गरेको सेवा हाल मन्थली र रामेछाप नगरपालिकाको सम्पूर्ण वडाहरुमा  बिस्तार गरिएको छ । गरीबमुखी सहकारी संस्थाको रुपमा पहिचान बनाउन सफल यस संस्थाले सदस्यहरुको चाहना र समय सन्दर्भ अनुसार वित्तिय र गैर वित्तिय सेवाहरु मार्फत सदस्यहरुलाई धेरै भन्दा धेरै सेवा दिने प्रयास गरिरहेको छ । हाल यस संस्था मार्फत १४ प्रकारका निक्षेप सेवा र १५ प्रकारका ऋण सेवाहरु उपलव्ध गराउँदै आएको छ । साथै संस्थाले साहारा राहात सेवा,  रेमिट सेवा, मोबाइल बैंकिङ सेवा, QR  भुक्तानी सेवा, बाल बचत सेवा लगायतका अन्य सेवाहरु पनि संचालनमा रहेको छ । संस्थाले प्रदान गर्दै आएको सेवाहरुबारेमा  संस्थाको वेभसाइटको हाम्रो सेवाहरुमा गएर थप जनकारी पाउन सक्नु हुनेछ ।  
संस्थालाई निरन्तर प्रगति पथमा अगाडी लैजानको निम्ति संस्थाद्धारा प्रदान गरिने सेवालाई सदस्यहरुको माग, आवश्यकता र चाहना बमोजिम थप “विविधिकरण”, “विकेन्द्रिकरण” र  “प्रविधीकरण” गरि थप प्रभावकारी, प्रतिस्पर्धी र सदस्यमैत्री बनाउँदै लैजाने प्रयत्न भइरहेको छ । यस संस्थाको मुख्य कार्यालय मन्थली नगरपालिका वडा नं. १ स्थित देवकोट चोकमा रहेको छ भने रामेछाप नपा वडा नं. ८ रामेछाप बजारमा सेवा केन्द्र रहेको छ ।

Read More
४८४८
शेयर सदस्य संख्या
३१४४३९७५७.३३
संस्थाको कुल पुँजी
२६०१८५३११.७६
कूल बचत
१७२९४१००३.६३
कूल ऋण लगानी
४८०
ऋणी सदस्य संख्या
२३२९३२००
शेयर पूँजी
७९३८६१२.८४
जगेडा कोष
४५३५५८७.३५
अन्य कोषहरु
५९१७२९१५.९३
तरलता रकम
५८१६६८७८.८१
वित्तीय लगानी

सूचना, पारादर्शिता र सुशासनका लागि हाम्रो प्रतिवद्धता

सूचनाले नै पारादर्शिता अभिवृद्धि गर्दछ र पारादर्शिताले विश्वास” भन्ने मान्यताका साथ साहारा वचत तथा ऋण सहकारी संस्था लि. मन्थली रामेछापले संस्थाको गतिविधीहरुलाई विभिन्न माध्यमवाट सूसुचित गर्ने जमर्को गर्दै आइरहेको छ । हामी संस्थाको हरेक गतिविधीहरु, सम्वन्धित सूचना वा जनकारीहरु संस्थाका शेयर सदस्यज्यूहरु लगायत आम सरोकारवालाहरुको माझमा पुर्‍याउन चाहान्छौ । संस्थाको गतिविधीहरु खुल्ला र पारादर्शी भएमा मात्र संस्था प्रति सदस्यहरुले “सोध्न”, “खोज्न” र “सोच्न” सक्दछन् । “सोध्नुु”, “खोज्नु” र “सोच्नु” भनेकै एक अर्थमा सदस्यहरुले अपनत्व महसुस गर्नु हो । सदस्यहरुको अपनत्वको जगमा मात्र संस्था वलियो हुन सक्दछ भने विश्वास राख्दछ ।  


यसर्थ यस संस्थाद्धारा प्रदान गरिने सेवा लगायतको यस संस्थाको वारेमा जुनसुकै सूचना आवश्यक परेमा ईमेल वा फोन मार्फत लिखित वा मौखिक रुपमा अनुरोध गर्ने वा सिधै सूचना अधिकारी समक्ष सम्पर्क गरि आवश्यक जनकारी प्राप्त गर्न सकिनेछ ।  


त्यसै गरि संस्थाले प्रदान गर्ने सेवा, संचालक, कर्मचारी लगायतको व्यवहार, ढिलासुस्ती, अनावश्यक झन्झट वा अन्य कुनै विषयमा सल्लाह, सुझाव वा गुनासो भएमा तपशिल वमोजिमको माध्यमवाट सल्लाह, सुझाव वा गुनासो सम्वन्धित तहमा पुर्‍याउने र सल्लाह सुझावहरुलाई सम्भव भएसम्म लागु गर्ने र गुनासो भएमा ७ दिन भित्र सम्वोधन वा आवश्यक कार्यवाही गरि गुनासोकर्तालाई जानकारी गराउने व्यवस्था समेत गरिएको छ । यस प्रक्रियामा गुनासोकर्ताको नाम गोप्य राखिनेछ । सदस्यहरुको निरन्तर “खवरदारी” र “पहरेदारी” ले नै हामीलाई सही वटोमा हिड्न थप प्रेरणा मिल्ने विश्वास समेत व्यक्त गर्दछौ ।  


सल्लाह, सुझाव र गुनासोका लागि यहाँले निम्न वमोजिम जुनसुकै तरिका अपनाउन सक्नु हुनेछ ।  
        • गुनासो सुन्ने अधिकारी समक्ष सिधै सम्पर्क गरि गुनासो गर्ने  
        • कार्यालयमा रहेको गुनासो पुस्तिकामा गुनासो दर्ज गर्ने ।  
        • गुनासो वाकसमा गुनासो प्रेषित गर्ने ।  
        • एसएमएसद्धारा गुनासो पठाउने ।  

धन्यवाद ।

Read More
शिव राज श्रेष्ठ  (अध्यक्ष)

शिव राज श्रेष्ठ (अध्यक्ष)

९८४४१४२४४२

बलराम लामा  (गुनासो सुन्ने अधिकारी  )

बलराम लामा (गुनासो सुन्ने अधिकारी )

९८५१०६०४६९

सुबास श्रेष्ठ (सुचना अधिकारी)

सुबास श्रेष्ठ (सुचना अधिकारी)

९८४४१७३००१

सुब्बा रोका (कार्यान्वयन अधिकारी )

सुब्बा रोका (कार्यान्वयन अधिकारी )

९८४४२४७६८६